सोलुखुम्बु प्रदेश सभा ‘ख’को सभापतिमा दोहोरिए कर्मा



सोलुखुम्बु,१४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बु प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा कर्मा शेर्पा पुनः दोहोरिएका छन्।

मंगल सम्पन्न निर्बाचनको मतपरिणाम अनुसार प्रतिद्वन्द्वी सोनाम ग्यालेजन शेर्पालाई भारी मतान्तरसहित पराजित गर्दै सभापतिमा निर्बाचित शेर्पाको यो दोश्रो कार्यकाल हो। यसअघि १४औँ महाधिवेशनका क्रममा भएको निर्वाचनमा पनि उनी सोही प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा निर्वाचित भएका थिए।

पुनः निर्वाचित भएपछि शेर्पाले आफूलाई विश्वास गरेर विजयी गराउने सम्पूर्ण क्षेत्रीय प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्। उनले आफ्नो विजयलाई व्यक्तिगतभन्दा पनि पार्टीको साझा विजयका रूपमा लिँदै संगठनलाई थप सुदृढ र गतिशील बनाउने प्रतिबद्धता जनाएका छन्।

शेर्पाले प्राप्त विश्वासलाई जिम्मेवारीका रूपमा आत्मसात् गर्दै पार्टीलाई एकढिक्का बनाउने, जनजीवनसँग कांग्रेसलाई अझ जोड्ने तथा संगठनलाई सुदृढ बनाउने दिशामा दृढताका साथ काम गर्ने बताएका छन्।
उनले भने, ‘यहाँहरूले दिनुभएको विश्वास, माया र साथले यो शानदार विजय सम्भव भएको हो। यो विजय मेरो व्यक्तिगत मात्र नभई हामी सम्पूर्ण पार्टीको साझा विजय हो।’

दोस्रोपटक लगातार प्रदेश सभा ‘ख’को सभापतिमा निर्वाचित शेर्पाले आगामी कार्यकालमा संगठन विस्तार तथा पार्टीलाई थप गतिशील बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्