कांग्रेस महाधिवेशन प्रतिनिधिमा सोलुखुम्बुबाट अधिबक्ता बस्नेत निर्विरोध
सोलुखुम्बु,१४ असोज । अधिवक्ता राजनजंग बस्नेत नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सोलुखुम्बुबाट पेशागत विषय विज्ञतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

महाधिवेशन अन्तर्गत भएको क्षेत्रीय अधिबेशनका क्रममा पेशागत विषय विज्ञतर्फ सोमबार बस्नेत एक्लैको उम्मेदवारी दर्ता भएपछि कानुन ब्यबसायी बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्बिरोध निर्बाचित भएका थिए।
कांग्रेस राजनीतिमा विद्यार्थी कालदेखि नै सक्रिय रहंदै आएका बस्नेतले निर्विरोध निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत आफूलाई निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सोलुखुम्बुका नेपाली कांग्रेसका अग्रज नेताहरू, क्षेत्रीय प्रतिनिधि, पालिका तथा वडा सभापति, क्रियाशील सदस्यहरु प्रति आभार प्रकट गरेका छन् ।
आफूलाई देखाइएको विश्वास, सद्भाव, साथ र सहयोगलाई सदैव सम्मानका साथ स्मरण गर्ने उल्लेख गर्दै उनले आगामी दिनमा पनि पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूसँग निरन्तर सहकार्य, समन्वय र सहयात्रा गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।उनले भनेका छन्- ‘आफू निर्बिरोध निर्बाचित हुनुलाई मैंले म प्रतिको बिश्वास र गहन जिम्मेवारीका रुपमा लिएको छु।’




