कांग्रेसको १५ औं महाधिवेशन : सोलुखुम्बु प्रदेश सभा ‘क’ मा धनजन राई नेतृत्वको प्यानलै बिजयी



सोलुखुम्बु,१४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको क्षेत्रीय अधिबेशनबाट सोलुखुम्बु जिल्लाको प्रदेश सभा ‘क’को सभापतिमा धनजन राई निर्वाचित भएका छन्।

मंगलबार भएको निर्वाचनको बुधबार भएको मत गणनामा राईले ३७९ मत प्राप्त गर्दै सभापतिमा निर्बाचित भएका हुन्। जिल्लाको नेचासल्यान गाउँपालिकाका अध्यक्ष समेत रहेका राई यस अघि पनि प्रदेश सभा ‘क’को सभापति थिए ।

उनका प्रतिद्वन्दी भेषकुमार बास्तोलाले ९४ र दलबहादुर तामाङले ५३ मत प्राप्त गरे।

उपसभापतिमा कृष्णबहादुर कार्की ३७२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी सुखधन किरातले १२२ मत प्राप्त गरे।

यस्तै सचिवमा सुवास संगम राई सर्वाधिक ४०५ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। सचिवका अर्का प्रत्याशी लक्ष्मी कटेलले १०१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सहसचिवमा सुमन श्रेष्ठ २८१ मतसहित निर्वाचित भएका छन् भने जितेन्द्र राईले १६५ मत प्राप्त गरे। महिला सहसचिवमा निर्कला राई सर्वसम्मत निर्वाचित भएकी छन्।

सदस्यतर्फ नानुमाया बास्तोला ३०८ र जमुना निरौला २७५ मतसहित निर्वाचित भएका छन्। समीक्षा कुलुङले २२५ मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्