दोधारा चाँदनीको पुल महाकालीले बगाएपछि आवतजावतमा समस्या



दाङ,१४ असोज । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुङ्गे पुलको पिलर महाकालीको बाढीले बगाएको छ।

दोधारा चाँदनी नगरपालिका–४ स्थित महाकाली नदीमाथि निर्मित दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल बुधबार बिहान महाकालीको आएको बाढीले बगाएको हो।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार बुधबार बिहान करिब पौने ८ बजेतिर महाकालीको बाढीले झोलुङ्गे पुलको पिलर भत्किएको हो।

त्यसले गर्दा पुल बीचबाट भाँचिन पुगेको र सर्वसाधारणलाई आवतजावत गर्न समस्या उत्पन्न भएको रावतले जानकारी दिए।दोधारा तर्फको करिब ६ मिटरजति पुलको बीचको भाग माथि उठेको हुँदा आवतजावतमा समस्या भएको डीएसपी रावतले बताए।

प्रतिक्रिया दिनुहोस्