चलचित्र ‘भगवान’ को विशेष प्रदर्शन र सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं, ४ असोज । सामना फिल्मस् र तृष्णा फिल्मस् प्रालिको संयुक्त व्यानरमा निर्माण भएको चलचित्र ‘भगवान’ चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बाको प्रमुख आतिथ्यतामा चलचित्र बिकास बोर्डको सभाहलमा विशेष प्रदर्शन र सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

सम्मानित हुनेहरुमा निर्देशक उदय सुब्बा, गायिका सत्यकला राई, पत्रकारव्दय सानु श्रेष्ठ र डिबि पराजुली, गायक, मोडल बिजेन्द्र नौबागे, छायाँकार केशव अधिकारी, कलाकार सुरबीर पण्डित लगायतका थिए ।
लिलबहादुर घर्तिमगर ‘विनोद’को निर्देशन रहेको चलचित्र भगवानमा योगेश लामा, उदय सुब्बा, सुरबीर पण्डित, कविता देवि राई, रष्मी राई, अनिता राई, विनोद मगर, बिजय इङनाम, सरोज काम्वाङ, समिता लिम्बु, समिता राउत, खेममाया लिम्बु, मनोज राई, निर्भाण राई, धनकुमारी राई आदिको अभिनय रहेकाने छ ।
सदियौं देखि नेपाली समाजमा घट्दै आइरहेको सौता प्रथालाई मुल विषय बनाईको ‘भगवान’ केशव अधिकारीले खिचेका हुन् भने निर्माताहरुमा कविता देवि राई, रश्मि राई, मनोज राई रहेका छन् ।


