कांग्रेस देउवा समूहले छुट्टै महाधिवेशन गर्ने, मंसिर २१ देखि २३ गतेको मिति तय



काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनको तयारी अघि बढाएको छ।

देउवा समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बुधबार बसेको दोस्रो बैठकले महाधिवेशनदेखि वडा तहसम्मका अधिवेशनको प्रस्तावित कार्यतालिका तय गरेको हो।

समितिले आगामी भदौ १८ गतेभित्र महाधिवेशन तयारीका लागि चारवटा समिति गठन गर्ने प्रस्ताव गरेको छ। केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ र आदिवासी जनजाति महासंघका तदर्थ समिति गठन गर्ने प्रस्ताव पनि बैठकले गरेको छ।

७७ वटै जिल्लामा जिल्ला अधिवेशन तयारी समिति गठनका लागि केन्द्रीय प्रतिनिधि तोक्ने निर्णयसमेत प्रस्ताव गरिएको छ। केन्द्रीय प्रतिनिधिहरूले भदौ २० गतेभित्र सम्बन्धित जिल्लामा पुगिसक्नुपर्ने र भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति गठन गरिसक्नुपर्ने कार्यतालिका तय गरिएको छ।

संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय अधिवेशन तयारी समिति भदौ २८ गतेभित्र गठन गरिसक्नुपर्नेछ। यस्तै, पालिका र वडा अधिवेशन तयारी समिति असोज ३ गतेभित्र गठन गरिसक्नुपर्ने प्रस्ताव छ। (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्