रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा,भेटिएन कोही



काठमाडौं,१५ भदौ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी पूरा भएको छ।

त्यहाँ खोजी गर्दा कुनै मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका अनुसार सुरुङ करिब २५० मिटर लम्बाइको रहेकामा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो।

तर सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्