तनहुँमा भेटिएका शव जंगलमा व्यवस्थापन गरिँदै



दमौली (तनहुँ),१५ भदौ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ ।
भोटेकोसी बाढीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागिएको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापनअघि कानुनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकिएको जानकारी दिए ।

उनले पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताए ।

तनहुँ क्षेत्रमा ३७ शव भेटिएको थियो । त्यसमध्ये २४ शव पोखरा पठाइएको छ । १४ शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।

आवश्यक विवरण र नमुना सुरक्षित राखिने प्रशासनले जनाएको छ । शव व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य, सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्