हवाई र स्थल उद्धारमार्फत हालसम्म नेपाली सेनाले गर्‍यो २ हजार ६५० जनाको उद्दार



काठमाडौं,१४ भदौ । भोटेकोशीमा १० भदौको बिहान आएको बाढी पश्चात उद्धारमा खटिएको नेपाली सेनाले अहिलेसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेशी, मैलुङबाट ५४ जनाको हवाई उद्धार गरिएको थियो । जसमा ४६ चिनियाँ र ८ भारतीय छन् । अन्य समेत गरी शनिबार विभिन्न ठाउँहरुबाट ५५० जनालाई हवाई उद्धार गरिएको छ ।

त्यसैगरी बाढीपश्चात अहिलेसम्म सेनाले स्थल उद्धारमार्फत २ सय र हवाई उद्दारमार्फत २ हजार ४५० गरी २ हजार ६५० जनाको उद्दार गरेको छ ।

जसमा १२१ भारतीय नागरिक, ४ जर्मन नागरिक ७२ चिनियाँ नागरिक २ अमेरिकन नागरिक, २ इटालियन नागरिक, १ ओमान नागरिक १५ कोरियन नागरिक छन् ।बाँकी भने नेपाली नागरिक हुन् ।

प्रतिक्रिया दिनुहोस्