रसुवा क्षेत्रमा पुनः बाढी आएपछि चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द
काठमाडौँ,१४ भदौ । रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द गरिएका छन्। बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सवारी साधन आवतजावतमा रोक लगाएको हो।

प्रहरीका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौँतर्फ जाने र आउने सबै किसिमका सवारी साधनको आवागमन पूर्ण रूपमा ठप्प पारिएको छ।
नदीमा पानीको बहाव बढ्ने र पहिरोको जोखिम रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

