प्रधानमन्त्री राहत कोषमा शुक्रबारसम्म साढे चार अर्ब जम्मा
काठमाडौं,१३ भदौ । रसुवाका बाढी प्रभावित मानिस र क्षेत्रका लागि सरकारले सुरु गरेको प्रधानमन्त्री राहत कोषमा हाल विभिन्न क्षेत्रबाट रकम संकलन हुने क्रम जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबार रातिसम्म प्रधानमन्त्री राहत कोषमा रु चार अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ जम्मा भइसकेको छ। यो रकम नौ वटा वाणिज्य बैंकका खातामा जम्मा भएको नेपाली रकम हो।
यस्तै थप दुईवटा बैंक हिमालयन र लक्ष्मीमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर (करिब १० करोड ३८ लाख रुपैयाँ नेपाली) जम्मा भएको कार्यालयले जनाएको छ। रासस

