तिब्बतमा पहिरोका कारण बनेको ठूलो ताल फुट्यो,नदीको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम



काठमाडौं,१२ भदौ । चीनको तिब्बतमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो ताल फुटेको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चिनियाँ पक्षले ताल फुटेको जानकारी गराएको हो। ताल फुटेपछि नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेकाले स्थानीयवासीलाई सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ।

छोचेन खोला र पुरेपू त्साङ्पो नेपालतर्फ भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिने माथिल्ला सहायक नदी हुन्। बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो।

पहिरोका कारण बनेको ताल फुटेपछि थप बाढीको जोखिम बढेकाले चीनले तिब्बतमा जारी उद्धार अभियानसमेत स्थगित गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्