कांग्रेस महामन्त्री घिमिरे पराजित,मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित
मोरङ,२३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सन्तोष राजवंशी मोरङ क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बिहीबार (फागुन २१) सम्पन्न निर्वाचनको शनिबार (फागुन २३) बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामानुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी भएका छन् ।
निर्वाचन अधिकृत कार्यालय क्षेत्र नम्बर–४ का अनुसार, उनका निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गरेका छन् ।

