४२ हजार ६६३ मतान्तरले पराजित भए शेखर कोइराला, रुबिनाले ल्याईन् ५५ हजार ५१३ मत
काठमाडौं,२३ फागुन । मोरङ–६ मा रास्वपाकी रुबिना आचार्य ४२ हजार ६६३ मतान्तरसहित निर्वाचित भएकी छन् । उनी ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १२ हजार ८८५ मत मात्रै प्राप्त गरे । जुन रुबिनाको भन्दा चार गुणा बढीले कम हो ।
उनी ०७९ को निर्वाचनमा भने यो क्षेत्रबाट निर्वाचित भएका थिए । एमालेका विनोद ढकालले आठ हजार ३१७ मत पाए ।
श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार ४००, राप्रपाका सविन निरौलाले दुई हजार ९२ मत प्राप्त गरेको आयोगको तथ्यांकले देखाएको छ ।

