जुम्लामा मतान्तर बढाउंदै राप्रपाका ज्ञानेन्द्र शाही
काठमाडौं,२२ फागुन । एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले अग्रता बनाउन सफल भएका छन् ।

त्यहाँ राप्रपाका शाही र नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ । शाहीले ४ हजार ३६७ मत ल्याउँदा भण्डारी १ हजार ८३७ मतसहित दोस्रो छन् ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीकी विनीता कठायत भने कमजोर देखिएकी छन् । उनले हालसम्म केबल ५८ मत ल्याउँदै प्रतिस्पर्धामा पछाडि देखिएकी छन् ।

