देशभर सहज रूपमा मतदान भइरहेको छ : आयोग



काठमाडौं,२१ फागुन । निर्वाचन आयोगले देशभर सहज रूपमा मतदान भइरहेको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बाह्रखरीसँग भने, “सबैतिर सहज रूपमा मतदान भइरहेको छ । कति मत खसिरहेको छ भन्ने अपडेट छिटै गराउँछौँ ।”

देशभर बिहान ७ बजेबाट मतदान भइरहेको छ । साँझ ५ बजेसम्मको समय तोकिएको छ । मतगणना सुरु भएको २४ घण्टामै प्रत्यक्षतर्फको परिणाम दिने आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्