फेरि आफ्नै निवासबाट पक्राउ परे दुर्गा प्रसाई



काठमाडौं,१७ फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हो ।

यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशंकामा प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्