मिसेस भोग नेपाल २०२६मा प्रतिक्षा थापा विजयी



काठमाडौ, १७ फागुन । सगून ज्वेलर्स प्रिजेन्ट्स मिसेज भोग नेपाल सीजन–३ को सम्पन्न ग्राण्ड फिनालेमा नौ जना विजेता घोषणा भएका छन् । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा आयोजित फिनालेमा २१ जना विवाहित महिला प्रतिस्पर्धिहरूले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रशिक्षणको क्रमदेखि नै सञ्चालन गरिएको मूल्याङ्कन प्रकृया, प्रि(जजिङ राउण्ड तथा प्रतिस्पर्धिहरूले प्राप्त गरेको प्राप्ताङ्कको आधारमा छ जना विजेता घोषणा गर्ने आयोजक संस्थाको योजना थियो ।

प्रतियोगितामा मिसेस भोग नेपाल ग्राण्ड २०२६ प्रतिक्षा थापा, मिसेस भोग नेपाल यूनिभर्स २०२६ प्राचि तोमर, मिसेस भोग नेपाल वर्ल्ड २०२६ किमी चौलागाई, मिसेस भोग नेपाल अर्थ २०२६ कविता ढकाल, मिसेस भोग नेपाल ग्लोबल २०२६ कोमल नेपाली, मिसेस भोग नेपाल टुरिजम २०२६ ऋचा रानी राम, क्लासिक मिसेस भोग नेपाल विजेता २०२६, क्लासिक मिसेस भोग नेपाल ग्राण्ड २०२६ श्रीनु श्रेष्ठ, क्लासिक मिसेस भोग यूनिभर्स २०२६ ज्योती कुर्मी र क्लासिक मिसेस भोग नेपाल यूनिभर्स २०२६ सम्झना फूयाल हुनुभयो ।
ग्राण्ड फिनालेका क्रममा प्रतिस्पर्धिहरूले विभिन्न सिक्वेन्सहरुमा र्‍याम्प वाक गर्दै विभिन्न डिजाइनहरुका सुन्दर, क्लासी तथा इलिगेन्ट पहिरनहरू प्रदर्शन गरेका थिए ।

ग्राण्ड फिनालेमा शोस्टपरको रुपमा एलिजे जमालीले आफ्नो शालिन तथा आत्मविश्वासी वाकमार्फत समारोहलाई थप सुन्दर तथा स्मरणीय बनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्