विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ



काठमाडौं,१३ । बाहिर लैजाँदै गरेको ठूलो परिमाणको विदेशी मुद्रासहित स्विडिस नागरिक पक्राउ परेकी छिन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ५१ वर्षीया स्विडिस नागरिक कुन्चोक खान्द्रो छिन् । 

उनलाई अमेरिकी डलर साढे १० हजार, युरो २६ हजार ७००, चिनियाँ युआन सात हजार ४०० र फेम हन्ड्रा क्रोनर (स्विडेन) ४३ हजारसहित मंगलबार विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरी गरेको हो । प्रहरीका अनुसार उनी सिचुवान एयरलाइन्सको उडानमार्फत चीन जाँदै थिइन् । 

खान्द्रोलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्