काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाएका ७ जनाको शव फेला
काठमाडौं,२७ माघ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट छुटेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस मंगलबार दिउसो करीव पौने ११ बजे झण्डै २० मिटर तल तामाकोशी नदिमा खस्दा ७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक सुभाशचन्द्र मण्डलले जानकारी दिए ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल गुल्म रामेछाप र विपद् व्यवस्थाप बेश खुर्कोटबाट गोताखोरसहितको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ ।
उनका अनुसार सात जनाको उद्धार गरिएको छ । उद्धार कार्य जारी रहेको उनले बताए ।’अहिलेसम्म ७ जनाको शव फेला परेको छ,’ उनले भने, ‘सात जनाको सकुशल उद्धार गरिएको छ । उद्धार कार्य जारी छ ।’
स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेको उनको भनाइ छ ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

