२५ दिन थपियो जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद



काठमाडौं,२६ माघ । सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद थप गरेको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष र प्रभावकारी छानबिन सुनिश्चित गर्न समय थप गरिएको हो।

उनले आयोगले थप समय पाउँदा घटनाको यथार्थ विवरण संकलन, तथ्य विश्लेषण तथा प्रतिवेदन तयार गर्न सहज हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्