१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बुको महाकुलुङबाट एक युवा पक्राउ
सोलुखुम्बु,२४ माघ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महाकुलुङ गाउँपालिका-२ बस्ने २० वर्षीय योमु सङि कुलुङ पक्राउ परेका छन् ।

योमु सङिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले उनलाई
शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
यसैगरी,उदयपुरमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-६ बस्ने २२ वर्षीय प्रचन पाचे मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रचनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

