भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहित सम्मानित
चितवन,२४ माघ । भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहिद सम्मानित भएकी छिन् । उनी भरतपुर उपमहानगरपालिका ११ अवस्थित युनाईटेड टेक्निकल कलेजकोे स्वागत तथा बिदाई कार्यक्रममा उनलाई बिशिष्ट अतिथि चुडामणि खनालले दस हजार नगदसहित सम्मानित गरेका हुन् ।

स्नातकको कम्प्युटर ईन्जिनियरिङ छैठौ सेमेस्टरमा ४ जिपिए ल्याएर विश्विवद्यालय टपर भएकी त्वानाबासु पूर्ण छात्रवृतिमा अध्ययनरत गर्दै आएकी छिन् । अध्ययनसँग उनले अन्य विभिन्न विधाहरुमा पनि प्रथम स्थान हासिल गर्दै आएकी छिन् ।
कार्यक्रममा स्नातकोत्तर र अन्य बिधामा ४ जिपिए ल्याएकालाई सम्मानित गरिएको थियो । कार्यक्रममा शिक्षकहरुमध्येमा शिक्षक विभागिय प्रमुख ई निरज बोहरा तथा लाइब्रेरीयन मिरा प्याकुरेलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अन्य विभिन्न खेलकुद प्रतियोगिताहरुमा उत्कृष्टहरुलाई पनि पुरस्कार तथा सम्मान गरिएको थियो । यो कलेज पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त कलेज हो ।

