मण्डन देउपुरस्थित कालिदेबी आधारभुत विद्यालयको ३२ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न
काठमाडौं,१० माघ । काभ्रे जिल्लाको मण्डन देउपुरस्थित कालिदेबी आधारभुत विद्यालयको ३२ औं वार्षिकोत्सबका साथै अभिभावक भेला र जुत्ता तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

संबिधान सभा सदस्य स्वर्गीय बिदुर सापकोटाको पहल तथा स्थानीय बासीको सक्रियतामा साविक महादेवस्थान गाविसको वडा नं ७ नं मा २०५० सालमा स्स्थापित सो विद्यालयको बार्षिकोत्सब मण्डनदेउपुर नगरपालिकाका प्रमुख टाेक वहादुर वाईवाकाे प्रमुख आतित्थतामा शनिबार सम्पन्न भएको शिक्षाप्रेमी राजन पराजुलीले जानकारी दिए।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ईश्वरि प्रसाद सापकोटाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक सुदर्शन नेपालले विद्यालयकाे प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै विद्यार्थी तथा विद्यालयलाई सहयोग गर्ने विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिएको पराजुलीले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख टाेक वहादुर वाईवाले पानसमा बत्ति बालेर उद्घाटन गरेको कार्यक्रममा नगरपालिकाका नीति तथा याेजना आयाेगका उपाध्यक्ष गाेकुल गाैतमले नगरपालिकाले शिक्षा र स्वास्थ्यमा ठुलाे लगानी गरेकोले त्यसकाे प्रतिफल पनि राम्रो आईरहेको बताउँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए । विद्यालय शिक्षाको सुधारमा शिक्षक शिक्षिकाकाे हात महत्वपूर्ण हुने बताउंदै गौतमले अभिभावक,विद्यालय ब्यवस्थापन समिति र नगरपालिका पनि यसका लागि चनाखो रहनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष विष्णु प्रसाद पाैडेल,विद्यालयका संस्थापक अध्यक्ष थल प्रसाद सापकोटा, पुर्व विद्यालय ब्यबस्थापन समितिका पूर्ब अध्यक्षहरू कृष्णप्रसाद सापकोटा, चिरञ्जीवी लम्साल,शिबराम तिमल्सिना,निवर्तमान अध्यक्ष बलराम सापकोटा,शिक्षक अभिभावक संघका अध्यक्ष गाेकुल लम्साल ,पुर्व अध्यक्ष लक्ष्मण लम्साल,छिमेकि विद्यालयका प्रध्यानाध्यापक सुदर्शन सापकोटा,संस्थापक सदस्य रामकृष्ण श्रेष्ठ,गुढनिधि नेपाल, विब्यस सदस्यहरू मञ्जु राई,अप्सरा लम्साल,पूर्व नगर कार्यपालिका सदस्य सावित्री जमकट्टेल लगायतको उपस्थिति रहेको थियो।
विद्यार्थीहरुले स्वागत गीत र विद्यालयका शिक्षक गंगा गाैतमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पुर्व अध्यक्ष शिवराम तिमल्सिना र कृष्णप्रसाद सापकाेटाले शुभकामना मन्तब्य राखेका थिए।शुभकामना मन्तव्य दिदै निवर्तमान अध्यक्ष बलराम सापकोटाले स्थापनाकालदेखि अहिलेसम्म विद्यालयले भाेग्नु परेका समस्या अवगत गराउंदै समाधानका वारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।
विद्यार्थीहरुको तर्फबाट विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको सो कार्यक्रममा सम्पूर्ण छात्रछात्राहरुलाई जुत्ता सहयाेग गर्ने उत्तम सापकोटा (मण्डनदेउपुर-७) प्रदिप सापकाेटा (धुलिखेल-३), रवि सापकोटा (मण्डनदेउपुर-७), प्रमाेद सापकोटा (मण्डनदेउपुर-७) र समीर सापकोटा (मण्डनदेउपुर-७) तथा स्टेशनरी सहयाेग गर्ने किरण सापकोटा,सुरेश कुमार श्रेष्ठ,कृष्ण प्रधान,धिरज चाैधरी,ऋषिकेश मेहता र टाेपराज दाहाललाई सम्मानित गरिएको थियो ।विभिन्न विधामा उत्कृष्ट छात्राछात्रहरूलाई पनि कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा पर्व शिक्षक सम्मान दुर्गादेवी सापकोटा र उर्मिला लम्साल ,यस वर्षकाे उत्कृष्ट शिक्षक अनुजा सापकाेटा र यस वर्षको असल अभिभावक राममाया दनुवारलाई नगर प्रमुख वाईवाले सम्मान पत्र हस्तान्तरण गर्नुका साथै विब्यस अध्यक्ष र वडा अध्यक्षले क्रमश: टिकार खादा लगाएर स्वागत गरेका थिए ।कार्यक्रमको सञ्चालन शिक्षिका अनुजा सापकोटाले गरेकी थिइन।
विगत १६ वर्ष देखि अङ्ग्रेजी माध्यममा पठनपाठन हुने सो विद्यालय अध्ययनमा अब्बल र नगरकाे नमुना विद्यालय हो ।

