हरिबोल गजुरेललाई गर्‍यो नेकपाले कारबाही



काठमाडौं,१० माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको छ । अनुशासनको कारबाही गर्नु परेको भन्दै नेकपाले गजुरेललाई पार्टीबाट निष्कासन गरेको बताएको छ । 

नेकपाले सिन्धुली–२ मा राजन दाहाललाई उमेदवार बनाएको छ । पार्टीका आधिकारिक उमेदवारविरुद्ध उमेदवार उठ्ने र तिनका समर्थक र प्रस्तावकलाई कारबाही गरिएको नेकपाले जनाएको छ । 

गजुरेलले सिन्धुली–२ मा राजन दाहालविरुद्ध महेश्वर दाहाल उठाएका छन् । 

प्रतिक्रिया दिनुहोस्