वरिष्ठ पत्रकार देवकोटालाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा सम्मान




काठमाडौं,१० माघ । विगत तीन दशक बढी समयदेखि पत्रकारितामा क्रियाशील वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मानद्वारा सम्मानित हुनुभएको छ ।

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारलगायत थुप्रै पेशागत पुरस्कार र सम्मान प्राप्त वरिष्ठ पत्रकार देवकोटा २५ औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) का अवसरमा सशस्त्र प्रहरी बल, नेपाल मुख्यालयमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मानद्वारा सम्मानित हुनुभएको हो ।

वरिष्ठ पत्रकार देवकोटालाई प्रदान गरिएको सशस्त्र प्रहरी महानिरीक्षक प्रशम्सा सम्मानमा सशस्त्र प्रहरी बल,नेपालले गरेका काम-कारबाहीबारे पत्रकारिताको माध्यमबाट जनतामा खबर सम्प्रेषण गरी संगठनको छ्वी उच्च बनाउने कार्यमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भविष्यमा समेत सशस्त्र प्रहरी बल, नेपाललाई यस्तै प्रकारको सहयोग प्राप्त हुने विश्वास गर्नुभएको छ ।

स्मरणीय छ, वरिष्ठ पत्रकार देवकोटा राजनीतिक-सामाजिक विषयवस्तुका अलावा सुरक्षा विश्लेषणमा विशेष दख्खल राख्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्