एमाले सोलुले थाल्यो उम्मेदवार कल्पना राईसहित घरदैलो अभियान



सोलुखुम्बु,९ मंसिर । नेकपा एमाले सोलुखुम्बुले प्रतिनिधि सभा निर्वाचन लक्षित घरदैलो अभियान तिब्र बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी स्वरुप एमालेका तर्फका उम्मेद्वार कल्पना राई सहितको टोली मतदाताको घरदैलेसम्म पुग्न थालेका हुन् ।
प्रारम्भिक चरणमा नेकपा एमालेले सोलुखुम्बुको महाकुलुङ तथा सोताङ गाउँपालिकाबाट घरदैलो तथा भेटघाट कार्यक्रमलाई अगाडी बढाएको अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए । भेटघाटका क्रममा नै थोमस कुलुङको संयोजकत्वमा निर्वाचन परिचालन स्थानिय कमिटी समेत गठन गरिएको छ ।

सो कमिटीले आगामी दिनमा स्थानिय तहका मतदाताहरुसँग अन्र्तक्रिया तथा आवश्यक रणनीतिक योजना बनाउने अध्यक्ष बास्तोलाले जानकारी दिए ।

सोलुखुम्बुमा १२ वटा दलहरुले उम्मेद्वारी दर्ता गराए पनि कल्पना राई नेकपा एमालेले एक मात्र महिला रुपमा अगाडी सारेको उम्मेद्वार हुन् ।

प्रतिक्रिया दिनुहोस्