६ बजेसम्मको तथ्यांक अनुसार २ हजार ९३५ जनाको उम्मेदवारी दर्ता,अन्तिम नतिजा आउंन बाँकी



काठमाडौं,६ माघ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको पछिल्लो विवरण अनुसार २ हजार ९३५ जनाको उम्मेदवारी दर्ता भएको जनाएको छ । आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार साँझ ६ बजेसम्मको अपडेट अनुसार कुल दर्ता भएका उम्मेदवार मध्ये पुरुष २ हजार ५८९ र महिला ३३६ जना छन् ।

साथै, अपांगता भएकाहरू ८५ जना र पीछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको छ ।अन्तिम विवरण आउन अझै समय लाग्ने आयोगले जनाएको छ ।

उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि साँझ ५ बजे सम्मत तय भएको थियो । तर, निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यलयमा प्रवेश गरेकालाई त्यसपछि पनि उम्मेदवारी दर्ता गर्न दिइएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो ।

प्रतिक्रिया दिनुहोस्