बालेनलाई चुनावमा सघाउने प्रतिबद्धतासहित कांग्रेस दमक सभापतिले त्यागे पार्टी
काठमाडौं,६ माघ । नेपाली कांग्रेस,झापाको दमक नगर सभापति प्रकाश प्रसाईंले पार्टीको पद र क्रियाशील सदस्यता परित्याग गरेको घोषणा गरेका छन् ।

मंगलबारदेखि कांग्रेस दमक नगर सभापतिको जिम्मेवारी तथा पार्टीको क्रियाशील सदस्यता छोड्ने औपचारिक निर्णय गरेका प्रसाईंले बताएका छन् ।
उनले अब आफ्नो राजनीतिक यात्रा पद,कुर्सी वा झण्डाभन्दा परिवर्तन केन्द्रित हुने बताएका छन् । प्रसाईंले आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र साह (बालेन)लाई अग्रिम शुभकामना दिँदै पूर्ण साथ,समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रसाईंले आफ्नो सामाजिक–राजनीतिक यात्रामा साथ दिने पार्टी नेतृत्व, कार्यकर्ता, क्रियाशील सदस्य, शुभेच्छुक र आम नागरिकप्रति आभार प्रकट गरेका छन् ।उनले ‘परिवर्तन सम्भव छ, हाम्रै पालामा’ भन्ने सन्देशसहित नयाँ राजनीतिक यात्राको संकेत गरेका छन् ।
नेपाली कांग्रेस चुनावको मुखमा आएर विभाजन भएपछि निरास भएका दमक नगर सभापति प्रसाईले पार्टी छाडेका छन् । गगन थापाले कांग्रेसलाई हाइज्याक गरेपछि देशभरि कांग्रेसका नेता तथा कार्यकर्ताहरूले धमाधम पार्टी परित्याग गरिरहेका छन् ।

