वाईवाले स्वतन्त्र उम्मेदवारी दिने,गगनले कांग्रेसलाई लाश र दासको पार्टीमा परिणत गरेको आरोप



सिन्धुली,६ माघ । सिन्धुली क्षेत्र नम्बर -२ बाट पार्टीले टिकट नदिएपछि नेपाली कांग्रेस नेता खड्ग बहादुर वाइवाले बिद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्बाचनको उम्मेदवारका लागि सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि उनले बिद्रोह गर्न लागेका हुन्। नेपाली काङ्ग्रेस पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले पार्टी दास र लासहरु होइनन् भन्ने अभिव्यक्ति दिएको ५ दिन नबित्दै दास र लासहरुको पार्टीमा परिणत गरेको आरोप लगाउदैं वाईवाले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा आफुले दास र लासहरुको पार्टीबाट नभई म स्वतन्त्र उम्मेदवार दर्ता गर्न लागेको जानकारी दिए।

लामो समयदेखी नेपाली काङ्ग्रेसमा आबद्ध रहि राष्ट्र र जनताको पक्षमा इमानदार र निष्ठापूर्वक अनवरत काम गर्दै आएको स्मरण गराउंदै उनले भनेका छन्, ‘आज २०८२ माघ ६ गते निर्वाचन कार्यालयको निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्ता कार्यक्रम भएको हुँदा मेरो स्वतन्त्र उम्मेदवार मनोनयन हुने भएकोले सिन्धुली क्षेत्र नम्बर २ को आम मतदाता, शुभेच्छुक र व्यक्तिगत रुपमा मलाई खड्ग बहादुर वाईबा भनेर चिनिनु हुने सबैलाई मनोनयन दर्ता कार्यक्रममा दिउँसो १ बजे सम्बन्धित क्षेत्रीय निर्वाचन कार्यालय सिन्धुली माडीमा उपस्थितिको लागि हार्दिक अनुरोध र अपिल गर्दछु।’

प्रतिक्रिया दिनुहोस्