झापा- ५ बाट चुनाव लड्न बालेनले लिए टिकट
काठमाडौं,५ माघ । अनेकौं आशंकाका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाटै प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्ने निश्चित भएको छ।

सो क्षेत्र पूर्बप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्बाचन क्षेत्र भएका कारण उनी त्यहाँबाट उम्मेदवार नबन्ने एकथरीले तर्क गरिरहेका बेला साहले सोमबार पार्टी सभापति रवि लामिछानेमार्फत उनले जनकपुरमा टिकट लिएका हुन् । लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए ।
पार्टी स्रोतका अनुसार सोही क्रममा बालेनलाई झापा–५ को उम्मेदवारीको टिकट प्रदान गरिएको हो ।

