गृह जिल्ला झापा पुगे ओली,बालेन पनि आजै जाने



काठमाडौं,४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । झापा-५ बाट उम्मेदवार बन्ने तयारीमा रहेका ओली फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन सोमबार गृहजिल्ला पुगेका हुन्। ।

ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार बन्ने पक्का भइसकेको छ । बालेन पनि आजै झापा जाँदैछन् । जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेर उनी झापा जाने रास्वपाले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा सरकारले उनीमाथि लगाएको स्थानहद (उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध) फुकुवा भएपछि यो उनको पहिलो जिल्ला भ्रमण हो।

लामो समय काठमाडौँ उपत्यकामा सीमित रहेका ओलीलाई सरकारले काठमाडौँ उपत्यका बाहिर जान रोक लगाएको थियो।

प्रतिक्रिया दिनुहोस्