नेपाली कम्युनिस्ट पार्टीले अशिम राईलाई बनायो उम्मेदवार
सोलुखुम्बु,५ माघ। सोलुखुम्बुमा नेपाली कम्युनिस्ट पार्टीबाट अशिम राई उम्मेदवार बन्ने भएका छन्।जिल्लाक युवा पुस्ताका बीच लोकप्रिय राईलाई उम्मेदवार बनाउने निर्णय सोमबार गरेको हो।

राई जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका निर्बाचित अध्यक्ष हुन्।
आगामी फागुन २१ गते हुने निर्बाचनका लागि प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ताको समय मंगलबारलाई तोकिएको छ।
सोलुखुम्बुमा नेपाली कांग्रेसबाहेक अन्य दलले उम्मेदवार टुंग्याईसकेका छन् छन्।

