दलबलसहित निर्बाचन आयोग पुगेको कांग्रेसको देउवा पक्षले भन्यो- ‘८८५ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिए’



काठमाडौं,२ माघ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको शेरबहादुर देउवा पक्षले दाबी गरेको छ ।

शुक्रबार दलबलसहित निर्वाचन आयोग पुगेर देउवा पक्षका नेता पूर्णबहादुर खड्का र शेखर कोइरालाले सो बताएका हुन् ।

‘ती हस्ताक्षरकर्ता मध्ये, सहभागी मध्ये ८८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षर सहित केन्द्रीय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर कर्णालीका सबै हस्ताक्षरकर्ताहरूले भेलाभन्दा पहिलेको र भेलाभन्दा पछिको मुख्यसचिवको हस्ताक्षरसहित हामी बुझाउन चाहन्छौँ’, नेता खड्काले भने ।

५४ प्रतिशत बढी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले आह्वान गरेर पुसको २७ देखि ३० सम्म सम्पन्न भएको विशेष महाधिवेशनले निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको अद्यावधिकको लागि बिहीबार निवेदन दिएपछि शुक्रबार देउवा पक्षका केन्द्रीय समितिका सदस्यहरू धर्ना दिन गएका छन् ।

प्रतिक्रिया दिनुहोस्