एमाले होमियो निर्बाचनमा,बनायो घोषणा पत्र मस्यौदा र निर्बाचन परिचालन कमिटी



काठमाडौ,२२ पौष।नेकपा एमालेकाे आज बसेकाे सचिवालय बैठकले चुनावलाई लक्षित गर्दै घोषणापत्र मस्यौदा समिति र निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा समित’ गठन गरेको छ । चुनावमा पार्टीले अघि सार्ने एजेन्डा र प्रतिबद्धता पत्र तयार पार्न गठित यो समितिमा पार्टीका शीर्ष नेताहरू छन् । समितिका सदस्यहरूमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, शङ्कर पोखरेल,ईश्वर पोखरेल,प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

यसैगरी बैठकले निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । कमिटीको संयोजकको जिम्मेवारी पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पाउनुभएकाे छ । परिचालन कमिटीको सचिवमा विष्णु रिमाल तथा सदस्यहरूमा छविलाल विश्वकर्मा,राजन भट्टराई,हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही,भीष्म अधिकारी सदस्य रहेका उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।

यसैबीच एमाले सचिवालय बैठकले प्रदेश संयोजकहरू तोकेको छ । कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत र राजधानी प्रदेशमा राजन भट्टराई, गण्डकीमा खगराज अधिकारी, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा गणेश ठगुन्नालाई संयोजक तोकिएको भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्