रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै
काठमाडौं,२१ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ। काठमाडौंका मेयर बालेन्द्र साह (बालेन), उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता/कार्यकर्ताको व्यवस्थापनपछि आज रास्वपाले उक्त सभा गर्न लागेको हो।

दिउँसो १ बजे राष्ट्रियसभा गृहमा हुने सभामा पार्टी सभापति रवि लामिछानेसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
रास्वपासँग पुस १३ मा काठमाडौंका मेयर साहको समूह र पुस १४ मा उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो। सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।
आजै नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू,थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् ।
रञ्जिता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट नेता-कार्यकर्ताहरु आज रास्वपामा समाजोजन हुनेछन् ।

