फेकन गण्डकी प्रदेशको सातौ साधारणसभा सम्पन्न



काठमाडौ, पौष २० । शैक्षिक परामर्श व्यावसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को गण्डकी प्रदेशको ७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुदमन्त्री विन्दूकुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फेकनका केन्द्रीय अध्यक्ष उमेश कुशवार विशेष अतिथि रहेका थिए भनें फेकनका निवर्तमान अध्यक्ष राजु निरौला र पूर्वअध्यक्ष युवराज कटुवाल पनि अतिथिको रुपमा थिए ।

केन्द्रीय उपाध्यक्ष गगन विष्ट, सचिव राजकुमार ढकालसहित केन्द्रीय सदस्यहरुको समेत उपस्थिति रहेको साधारणसभामा पदाधिकारीज्यूहरू संस्थापक अध्यक्ष जागृत भट्टराई,निवर्तमान अध्यक्ष संजय सुवेदी र सल्लाहकारहरु प्रा.डा. भानुभक्त शर्मा कंडेल, प्रा.डा. जसबाहादुर गुरुङ, अधिवक्ता भोलानाथ अधिकारी र सुनिल पराजुलीको पनि उपस्थिति रहेको थियो ।

प्रदेश कार्यसमितिले साधारणसभा सम्पन्न गर्न सहयोग गर्ने एन्एमबी बैंक, जेएलुसीटी, ब्रिटिस काउन्सिल, अर्बिट एमबीबीएस्, अन द वे कुरियरलगायतकलाई धन्यवाद ज्ञापन गरेको छ । प्रदेशले भोलिका दिनमा पनि सहयोगको अपेक्षासमेत गरेको छ ।

फेकनका गण्डकी प्रदेश अध्यक्ष सुजनबहादुर वस्नेतले सबैको सहयोगले भोलिको दिनमा प्रदेश कार्यसमितिलाइृ उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका छन् । फेकनका केन्द्रीय महासचिव दिपेन्द्र पोखरेलले साधारणसभा भव्य र सभ्य भएको बताए । उनले आगामी दिनमा पनि अन्य शाखा बिस्तार गर्दै जानेसमेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्