रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं,२० पौष । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो १ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण लगायतका विषयमा छलफल हुने माहमन्त्री बुर्लाकोटीले जानकारी दिएका छन् ।

