मधेस प्रदेशका मुख्यमन्त्री यादवले भोलि बिश्वासको मत लिने



काठमाडौं, १६ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोलि (बुधबार) विश्वासको मत लिने भएका छन्। आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले यस्तो जानकारी गराएका हुन् ।

हिजोमात्रै सर्वोच्च अदालतले संविधानको धारा १६८ को उपधार (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो।

यादवले आज पत्रकार सम्मेलन गर्दै उनले आफूले विश्वासको मत लिनको लागि प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरिसकेको जानकारी दिए । पत्रकारहरूको जिज्ञासामा मुख्यमन्त्री यादवले आफूलाई सबै दलले विश्वासको मत दिने दाबी गरे। उनले भने,‘दलहरूसँगको वार्ता सकारात्मकरूपमा अघि बढिरहेको छ। विश्वासको मत पाउँछु, त्यसमा म विश्वस्त छु। एकाध दलबाहेक सबै दल सकारात्मक छन्। त्यसैले म विश्वासको मत पाउनेमा ढुक्क छु।’

प्रतिक्रिया दिनुहोस्