श्रम संस्कृति पार्टीको घोषणापत्र र एजेन्डा सार्वजनिक



सुनसरी,१६ मंसिर । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आफ्नो घोषणापत्र र एजेन्डा सार्वजनिक गरेको छ ।

धरान उपमहानगरका प्रमुख समेत रहेका अध्यक्ष साम्पाङले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । उनको घोषणापत्रमा देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको उल्लेख छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उनले स्पष्ट पारे ।

योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुने बताउँदै उनलेे श्रमदानबाट विकास गर्दा छिटो र जनता आफैँ संलग्न हुने उनको भनाइ छ । उनले भने, जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।’
पार्टीको उद्देश्य केवल श्रमलाई मूल्याङ्कन गर्नु मात्र नभइ,श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धतासमेत उनले कार्यक्रममा व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्