काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृ शोक
काठमाडौं,१५ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृ शोक परेको छ। आइतबार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालका लागि पुर्याइएका रामनारायण साहको आज निधन भएको हो।

शाहको पिसाबमा संक्रमण भएपछि शरीरमा फैलिएको थियो। अस्पताल स्रोतका अनुसार शाहलाई हिजो अस्पताल ल्याउँदा नै होस थिएन। उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।
आज बिहान प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेर शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। शाहका श्रीमती,दुई छोरा र एक छोरी छन्।
(यस समाचारमा प्रकाशित फोटोमा नगरप्रमुख साहका पिता रामनारायण साहको तस्बिर हुनुपर्नेमा असावधानीबश अन्यथा पर्न गएकाले क्षमायाचना सहित भूलसधार गरिएको छ ।-सम्पादक)

