बैंकिङ कसुर अरोपमा पक्राउ परे प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन
काठमाडौं,१४ मंसिर । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार बैंकको केन्द्रीय कार्यालय बबरमहलबाट पक्राउ गरेको हो। शेरचनलाई बैंकिङ कसुर अरोपमा पक्राउ गरिएको सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि, कात्तिक ११ गते सीआईबीले प्रभु ग्रुपका अध्यक्ष तथा एमालेका पूर्वसंसाद देवीप्रकाश भट्टचनलाई समेत पक्राउ गरेको थियो ।
एक साता थुनामा राखेका भट्टचनलाई पछि भने जिल्ला सरकारी वकिल कार्यालयले थुनाबाहिर राखेर अनुसन्धान गर्न मिल्ने गरी हाजिरी जमानीमा छाड्न निर्देशन गरेको थियो ।
त्यसपछि उनी कात्तिक २५ गते थुनामुक्त भएका थिए । उनीमाथि आर्थिक अपचलन तथा ठगी गरेको आरोपमा मुद्दा चलाइएको थियो ।

