घनश्याम भुसाललाई नेकपा (संयुक्त) को अध्यक्षको जिम्मेवारी



काठमाडौं,१४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् । आइतबारदेखि दुई दिनसम्म चल्ने नेकपा(संयुक्त)को एकता बैठकलाई काठमाडौंको त्रिपुरेश्वरमा सम्बोधनका क्रममा जोशीले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन्।

उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससहित भुसाललाई कार्यवाहक अध्यक्ष सुम्पिएको बैठकमा घोषणा गरेका छन् ।यसअघि ११ मंसिरमा भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकतासम्बन्धी सहमति भएको थियो।

कार्यक्रममा नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने सहमति भएको थियो । पार्टीको चुनाव चिह्न पनि नेकपा संयुक्तकै हँसिया राख्ने सहमति भएको थियो। झण्डामा प्रचलित कम्युनिस्ट पार्टीको झण्डामा बौद्धिक श्रमको प्रतिनिधित्व हुने गरी संकेत प्रयोग गरिने सहमति भएको थियो ।

त्यसबेला केही दिनभित्रै दुई पार्टीबीच एकता घोषणा कार्यक्रम सम्पन्न गर्ने र दुई महिनाभित्र सम्मेलन गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्