राप्रपा केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै



काठमाडौँ,१२ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउॅसो १ बजे बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक परिस्थितिको विश्लेषण, पार्टीको रणनीति निर्माण,आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय,पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ ।

निर्वाचन भए पार्टीको भूमिका र सहभागिताबारे पनि छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्