फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक,आइतबार २ बजे बस्ने
काठमाडौँ,१३ मंसिर ।पटकपटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि पनि सरेको छ । शुक्रवार बस्ने भनिएको बैठक आगामी आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए ।
पौडेलले बिहिवार जारी गरेको सूचनामा उल्लेख गरिए अनुसारको अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरू सहभागी हुनेछन् ।

सचनामा भनिएको छ-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १२ गते शुक्रबार दिनको २:०० बस्ने भनिएको बैठक २०८२ मंसिर १४ गते आइतबार दिनको २:०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।