एमाले सोलुले सर्बसम्मत चुन्यो महाधिवेशन प्रतिनिधि
सोलुखुम्बु,११ मंसिर। नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु जिल्लाबाट सर्बसम्मत रूपमा प्रतिनिधि चयन भएका छन् ।

प्रतिनिधि चयनका लागि गठित निर्बाचन समितिको पहलमा सबै क्लस्टरका प्रतिनिधि सर्बसम्मत रूपमा चयन भएको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।
निर्बाचन समितिले दिएको जानकारी अनुसार मंसिर २७ गतेदेखि काठमाडौंमा हुने नेकपा एमालेको महाधिवेशनका लागि खुल्लातर्फ बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला उत्पीडिततर्फ डि.बि. रानापाल,महिलातर्फ कल्पना राई र मोहन कुमारी कार्की तथा ४० बर्ष मुनिका युवाबाट जगनाथ बास्तोला प्रतिनिधि चयन भएका छन्।
प्रतिनिधि छनौट भएका राजभण्डारी नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्यका साथै कोशी प्रदेश सभा सदस्य,बास्तोला सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष,रानापाल प्रदेश कमिटी सदस्य,राई जिल्ला कमिटी सचिब कार्की उपसचिव र बास्तोला पूर्ब जिल्ला कमिटी सचिवालय सदस्य हुन्।
महाधिवेशन प्रतिनिधिका लागि महेश किराति,उत्तमकुमार बस्नेत, सुर्यकुमारी सुनुवार,आसकुमार राइ,भक्त कुलुङ,कामिङिमा शेर्पा समेत दावेदार थिए।उनीहरूले आफ्नो दावी त्यागेपछि प्रतिनिधि छनौट सर्बसम्मत भएको बताईएको छ ।

