१० जना नेताले छोडे नेपाली कम्युनिस्ट पार्टी
काठमाडौं,११ मंसिर । पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीका १० जना नेताहरू जनार्दन शर्मा प्रभाकरको पहलमा स्थापित प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्।

बुधबार संयुक्त वक्तव्य जारी गरेर उनीहरूले बिहीबारदेखि औपचारिक रूपमा नयाँ दलमा प्रवेश गरेको घोषणा गरेका हुन्।
यसरी प्रगतिशील लोकतान्त्रिक रोज्नेमा केन्द्रीय सदस्य वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विकलगायतका छन्।
प्रदेश तथा स्थानीय तहका जिम्मेवारी सम्हाल्दै आएका नेताहरूले पनि सामूहिक रूपमा नेकपा छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेका हुन्।
पार्टी त्याग गर्ने सूचीमा यज्ञ पोखेल (प्रदेश कार्यालय प्रमुख सचिव), कृष्ण भण्डारी (तुम्बीनी प्रदेश सदस्य), भक्त बहादुर पुन ‘जलन’ (लुम्बिनी प्रदेश सदस्य), कृष्ण बञ्जाडे (बुटवल उपमहानगरपालिका नगर सदस्य), प्रकाश कुँवर (लुम्बिनी प्रदेश कमिटी सिफारिस), अनुप पोखेल (लुम्बिनी प्रदेश कमिटी सिफारिस) र रुपन्देहीका कर्ण भट्टराई (सदस्य) छन्।
नेताहरूले संयुक्त वक्तव्यमार्फत नयाँ राजनीतिक विकल्पका कारण आफूहरू प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेको जनाएका छन्।

