एकीकृत हुँदै रास्वपा र बिबेकशील साझा पार्टी : आइतबार घोषणा गरिने



काठमाडौँ,१० मंसिर । विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी एकीकृत हुने भएका छन् । एकीकरण गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको ‘बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरेपछी यी दुई पार्टी एकीकृत हुने साईत जुरेको हो।

पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरु दुवै दलका नेतृत्वहरुको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याइने उनले बताए । आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्