बिघटित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि एमालेले गुहार्‍यो सर्बोच्च



काठमाडौं,९ मंसिर । नेकपा (एमाले) प्रतिनिधिसभा पुनर्स्थापनाको रिट लिएर सर्वोच्च अदालत गएको छ ।एमाले विघटित संसदीय दलका तर्फबाट मंगलबार (मंसिर ९) सर्वोच्चमा रिट पेस गरिएको नेता महेश बर्तौलाले जानकारी दिए ।

एमाले विघटित संसदीय दलको बैठकबाट रिट लिएर जाने जिम्मेवारी दलका तत्कालीन प्रमुख सचेतक महेश बर्ताैला र सचेतक सुनिता बराललाई दिइएको थियो ।

गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको थियो । एमालेले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै विरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्