२९ औँ मुख्यसचिवमा नियुक्त भए सुमनराज अर्याल



काठमाडौं,७ मंसिर । मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।

सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको वरियताक्रममा दोस्रो नम्बरमा रहेका रक्षा सचिव अर्याललाई २९ औँ मुख्यसचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

ज्येष्ठताका आधारमा मुख्य सचिब नियुक्त भएका अर्यालले ८ महिनामात्रै कर्मचारी प्रशासनको नेतृत्व लिनेछन् । प्रशासन सेवाको तथ्यांक समूहका अर्याल ५८ वर्षे उमेरहदका कारण २०८३ साल असार २६ गतेसम्म मात्रै मुख्यसचिव रहने भएका हुन् ।

हालका मुख्यसचिव एकनारायण अर्याल भोलिदेखि अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्